'वयोवृद्धले देश विकासको रेखा कोर्न सक्दैनन, कांचो आंपको अस्तित्व छैन' -अध्यक्षका उम्मेदवार पाण्डे

छिनोफानो   आइतबार २५, बैशाख २०७९ १०:४६

धनगढी । आइतबार धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा धनगढी १४ का अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेले आज देखिएको जनताको उत्साहजनक उपस्थितिले थप उर्जा थपेको बताएका छन ।

हिजोका दिनभन्दा एमाले झन बलियो बन्दै गएको छ । 'वयोवृद्धले देश विकासको रेखाचित्र कोर्न सक्दैनन', पाण्डेले भने, 'अब हाम्रो जितलाई कसैले रोक्न वा छेक्न सक्दैन ।' त्यस्तै उनले अबको समृद्धिको यात्रालाई नेकपा एमालेले अगाडी बढाउने बताएका छन ।

अघिल्लो स्थानीय तहको चुनावबाट धनगढीको नेतृत्व गरेको नेपालि कांग्रेसको सरकारले वडा नं १४ को विकासमा १ प्रतिशत पनि योगदान नदिएको आरोप लगाए । 'हिजो जसले जे गर्यो हामिलाई त्यो सङ्ग कुनै गुनासो छैन', उनले भने, 'तर अब भने वडाको समृद्धिलाई हामी रुप दिन्छौं ।'

भेलालाई सम्बोधन गर्दै आफ्नो वडामा रहेका अधुरा तथा कुरुप सडकको स्वरुप अबको पाँच वर्षमा फेर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गरेका छन । 'भोट माग्न घरमै पुग्दा देखेको बुढेसकालका रसिला आंखाको भाव बुझेको छु', उनले थपे, 'वृद्धवृद्दाको सहजताका लागी घरमै वृद्धभत्ता पुग्ने व्यवस्था मिलाउछौं ।'

त्यस्तै वडामा युवालाई लक्षित गर्दै फिटनेस सेन्टरको आयोजना गर्ने बताउँदै पाण्डेले अब कसैको बहकावमा नलागी एमालेमै मतदान गर्न समेत आग्रह गरेका छन ।  'त्यस्तै स्वतन्त्रका नाममा जनताका आशामाथि कुठाराघात गर्नेले देश विकास गर्न सक्दैन', उनले भने, 'अब सिजन अनुसारको कांचो आँपको अस्तित्व छैन ।'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु