धनगढीका स्वतन्त्र उम्मेदवार भट्टले गरे गठबन्धनलाई समर्थन

छिनोफानो   सोमबार २६, बैशाख २०७९ ०४:१०

धनगढी । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार आठ बुँदेसहमति गर्दै सत्ता गठबन्धनका नृपबहादुर वडलाई उनले समर्थन गरेका हुन ।
‘मैले नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा मेरा तपसिलका मुद्दाहरुमा आफ्नो समर्थन जनाई सहकार्य गर्ने भन्ने सहमतिका आधारमा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नृपबहादुर वडबाट सहमति जनाएकोले नगर प्रमुखका उम्मेदवारहरुमध्ये सबैभन्दा उत्कृष्ट, क्रियाशिल र विकास तथा समृद्धिका मुद्दा उठान गर्ने र समाधानको लागि सक्रिय तथा स्वच्छ छवीका उम्मेदवार वडलाई समर्थन गरेको छु’ भट्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ । उनले पार्टीमा समाहित हुने निर्णय गरेको पनि जानकारी दिए ।

‘सम्पूर्ण शुभचिन्तक, इष्टमित्र, साथीभाई तथा आम मतदाताहरुमा गठबन्धनका तर्फबाट अघि सारिएका उम्मेदवारहरुलाई मतदान गरि सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु’ सो विज्ञप्तीमार्फत आग्रह गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु