प्रधानमन्त्री देउवा भोट हालेर मात्रै काठमाडौं फर्किने

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ०४:३०

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन् । 

चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा अहिले गृह जिल्ला डडेलधुरा पुगेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज गृह जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुई वटा सभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा सभा सकेर गृह जिल्लामा नै बस्ने छन् । ‘हामी केही दिनदेखि जिल्लातिरै छौं । अहिले प्रधानमन्त्री गृह जिल्लामा हुनुुहुन्छ’, उनले भने, ‘३० गते मतदान गरेर मात्र फर्कनु हुन्छ ।’
देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौं, चितवन, दाङलगायत विभिन्न स्थानमा भएका सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
कर्ण मल्लको पनि ‘काउण्टर’ सभा
यसैबीच कांग्रेसबाट कारबाहीमा परेका कणर् मल्ल (कांग्रेस बीपी) ले देउवाको काउण्टरमा मंगलबार नै चुनावी सभा गर्ने तयारी गरेका छन् ।
‘प्रधानमन्त्री ज्यूले केही बोल्नु हुन्छ होला, उहाँ बोलिसकेपछि त्यसको प्रतिक्रिया दिन आज हामी पनि सभा गर्ने तयारीमा छौं,’ मल्ल निकट एक नेताले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु