भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत फेला

छिनोफानो   मङ्गलबार २७, बैशाख २०७९ ०४:३५

नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत फेला  परेकी छिन् । ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु झुण्डिएको अवस्थामा फेला परेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

हिजो लुभुमा भोज थियो । सबै भरोत्तोलनको टोली संजयको घरमा भोज खाएर राति फर्किएका थियौं । सन्जु राति हाँसीखुसी बसेकी थिइन् । बिहान झुण्डिएको अवस्थामा भेटिइन् भनेपछि हामी पनि अहिले यहीं छौं,’ अध्यक्ष श्रेष्ठले सुनाए । ललितपुर प्रहरी परिसरका अनुसार प्रारम्भिक अनुसन्धानमा सन्जुले आत्महत्या गरेको हुन सक्ने आधार देखिएको छ । उनी सोमबार प्रशिक्षक महर्जनको घरमा भोज खाएर त्यहीं बसेकी थिइन् । तर, उनी मंगलबार बिहान झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

नेपालगञ्ज घर भएकी सन्जु १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौंमा थिइन् । नेपालमा भएको सागमा सन्जुले महिला ५९ केजी तौल समूहतर्फ श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी थिइन् । उनले सोमबार आफ्नो फेसबुक पेजमा एउटा भिडिओ शेयर गरेकी थिइन् । जसमा भनेकी थिइन्, ‘मिसिङ यु लभ ।’

२२ वर्षे सन्जु शुरुमा क्रिकेट र एथलेटिक्ससँग आवद्ध थिइन् । उनले एथलेटिक्समा राष्ट्रपति रनिङ शिल्ड र क्रिकेटको राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणसम्म स्थान बनाएकी थिइन् । सातौं राष्ट्रिय खेलकुद (२०७३) देखि उनले भरोत्तोलन खेल्न थालेकी हुन् । त्यहीबेला देखि प्रशिक्षक महर्जनले सन्जुलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइरहेका थिए । दक्षिण एसियाली खेलकुदमा स्वणर् जितिसकेकाले यसपल्ट एसियाली खेलकुदका उनको लक्ष्य शीर्ष ५ भित्र रहने थियो । तर, उनको आत्महत्यासँगै यो सपनाको अन्त्य भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु