मतदानका लागी निर्वाचन आयोगको तयारी सकियो, मतदान केन्द्र केवल मतदाताको प्रतिक्षामा

छिनोफानो   बिहिबार २९, बैशाख २०७९ ०५:४६

कैलाली । स्थानीय तह निर्वाचन २०७९ का लागी सम्पुर्ण तयारी पुरा गरिएको छ । बैशाख ३० गते हुने निर्वाचनका लागी प्रदेशभर तयारी सकेर मतदानको प्रतिक्षामा रहेको प्रदेश निर्वाचन आयोग सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले बताएका छन् । 

'निर्वाचनका लागी प्रदेशभर मतदान केन्द्र निर्माण हुनुका साथै कर्मचारीलाई पनि मतदान केन्द्रमा पठाईसकेका छौँ', भट्टले भने, 'परिचयपत्र समेत बाँड्ने काम सकिएको छ ।' अब केवल मतदानको पर्खामा मतदाताहरु रहेका छन् । सुरक्षा व्यवस्थाका सवालमा पनि प्रशासनको तयारी उत्कृष्ट भएको बताउँदै भट्टले शुक्रबार बिहान ७ बजेदेखी ५ बजेसम्म प्रदेशभरका सबै मतदान केन्द्रहरुमा मतदान गरिने बताएका छन् । 

मतदाता नामावलीमा नाम भएकाहरुले आफ्नो मतदान केन्द्रमा गई परिचय खुल्ने कागजात र मतदाता नामावलीका आधारमा मतदान गर्न सक्नेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु