कञ्चनपुरमा ४० प्रतिशतले खसाले मत

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ११:३४

कैलाली । कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ४० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै  ४०  प्रतिशतले मतदान गरिसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिएका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा मतदाताको उल्लेख्य सहभागिता देखिएको उनले बताए । जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत जोशीले बताए । अहिलेकै अवस्थामा मतदान हुने हो भने ५ बजेभन्दा अगाडि नै मतदान सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु