उम्मेदवारबीच विवाद हुँदा डोटीका दुई स्थानमा मतदान स्थगित

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ११:३८

कैलाली । डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ । जिल्लाको शिखर नगरपालिका–७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र शिखर–८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उमेदवार बीच विवाद भएको थियो । राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा एक घण्टापछि मतदान पुनः सुरु भएको छ । लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको भने दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन ।

सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाशबहादुर आलेले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु