बाजुरामा मतदान केन्द्रमै खुकुरी हानाहान, उम्मेदवार नै घाइते भएपछि मतदान स्थगित

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ११:४७

धनगढी । बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन् । घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको कांग्रेस नेता राजेन्द्र शाहले जानकारी दिए । उनले फर्जी मत खसालिरहेका व्यक्तिहरु रोक्न खोज्दा एमालेका नेता–कार्यकर्ताहरु आक्रमणमा उत्रिएका पनि बताए ।

शाहका अनुसार एमाले बाजुराका सचिव भरत थापाले उक्त समूहको नेतृत्व गरेका थिए । मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु