सुदूरपश्चिम ईन्चार्जबारे भीम रावलको माग पूरा गर्न ओली सकारात्मक

छिनोफानो   आइतबार १०, असोज २०७८ ०२:४१

 नेकपा एमालेको स्थायी कमिटीको बैठक बसेको छ। बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा.भीम बहादुर रावलले दश बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भनेर उठाएको माग सम्बोधन गर्ने जनाईएको छ।

यसअघि सुदूरपश्चिममा उक्त सहमति कार्यन्वयन भएको थिएन। उपाध्यक्ष रावलले सुदूरपश्चिममा दश बुँदे सहमति कार्यान्वयन नभएको विषय बैठकमा उठाएका थिए।

एमालेको सुदूरपश्चिम ईन्चार्ज रावल रहेकोमा अर्का नेता लेखराज भट्टलाइृ ईन्चार्जको जिम्मेवारी दिएपछि उनले त्यसको विरोध गरेका थिए। रावलले दशबुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

हिजो बसेको केन्द्रीय कमिटी बैठकमा पनि भीम रावल, झपट रावल र भानुभक्त जोशीले यो कुरा उठाएका थिए। आजको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले दश बुँदे सहमति कार्यान्वयन हुने भन्दै सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न रावललाई आग्रह गरेको स्रोतले जनाएको छ।

स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटीमा समूहगत रुपमा आएको सुझावबारे पनि छलफल भैरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु