मत परिणामको पर्खाईमा धनगढीवासी...

छिनोफानो   शनिबार ३१, बैशाख २०७९ ०६:३९

धनगढी । स्थानीय तह निर्वाचनको मतगणना सुरु भएप्रश्चात धनगढीवासी मत परिणामको पर्खाईमा छन । शनिबार बिहानदेखी सुरु भएको मतगणनाको परिणाम सुन्नकै लागी धनगढी उपमहानगरपालिकाको परिसरमा नागरिकको बाक्लो उपस्थिति देखिएको छ । 

अहिलेसम्म ३ सय मत गणना गरिएको छ । जसमा १ सय ४३ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्र स्थानमा छन । नेपाली काङ्ग्रेसले ९२ मत प्राप्त गर्दा नेकपा एमालेले ११ मत प्राप्त गरेको छ । यस्तै जनता समाजवादी पार्टीले २ मत प्राप्त गरेको छ । 

त्यस्तै उपप्रमुखमा स्वतन्त्र उम्मेदवारले ५३ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० मत पाउँदा नेकपा एमालेले भने ३६ मत प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु