घोडाघोडीको मत परिणाम- वडा नं १२ मा प्यानलसहित कांग्रेस विजयी

छिनोफानो   आइतबार ०१, जेठ २०७९ ०९:१२

कैलाली । कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।

 

नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी पूरै प्यानल सहित विजयी भएका छन्। उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् ।

महिला सदस्यमा सुनिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत, सदस्यद्वय गोपुल दास डगौरा चौधरी ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु