भिमदत्त २ मा पुनः निर्वाचन गर्नुपर्ने माग राख्दै राप्रपा

छिनोफानो   आइतबार ०१, जेठ २०७९ ०२:१८

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्थगित भएको मतगणना  अझै सुरु हुन सकेको छैन ।

राप्रपा लगायत केही दलहरु पुनः निर्वाचन गर्नु पर्ने भन्दै आन्दोलन गरिरहेका छ्न । मतगणना गर्ने क्रममा धाधली गरेको भन्दै पुनः चुनाब गराउनु पर्ने राप्रपा कञ्चनपुरका जिल्ला कोषाध्यक्ष दिनेश श्रेष्ठले बताए ।  मतगणनामा धाधली भएको भन्दै आन्दोलनमा उत्रेका राजनीतिक दलहरुका कारण मतगणना रोकिएको हो । भीमदत्त नगरपालिका वडा नं. २ को मतगणा गर्ने क्रममा एक सय मत पत्रको खोलिएको पोकामा एक सय २० मतपत्र गणना भएपछि मतगणना स्थगित भएको थियो ।

 भिमदत्त नगरपालिकाको मतगणना स्थल जिल्ला समुन्वय समिती तनावग्रस्त बनेको छ ।सुरक्षा ब्यबस्था कडा परिएको छ भने थप सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु