धनगढीका दुई वडा १८ र १९ मा एमालेको अग्रता कायम

  आइतबार ०१, जेठ २०७९ ०४:४८

धनगढी । स्थानीत तह निर्वाचन २०७९ को मतगणनाको दोस्रो दिन धनगढीका दुई वडामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म धनगढी उपमहानगरपालिका वडा नं १८ मा गरिएको एक सय मत गणनामा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवारले २२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवारले १५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवारले भने ५० मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेले ४०, गठबन्त्रनका तर्फबाट माओवादी केन्द्रले ३१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवारले ३ मत प्राप्त गरेका छन् ।

एक सय मतमा आएको परिणाम अनुसार भने वडा नं १८ मा नेकपा एमाले ४५ मत प्राप्त गरी अग्र स्थानमा देखिएको छ । त्यस्तै नेपाली कांग्रेसले १७ मत पाउँदा माओवादी केन्द्रले २९ मत हात पार्न सफल भएको छ ।

यता वडा नं १९ मा गरिएको ५०० मत गणनामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारले ११९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले १३९ मत प्राप्त गरेका छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवारले १३४ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा नेकपा एमालेले १५४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवारले ८५ मत पाएका छन् ।

यता वडा अध्यक्षमा नेपाली कांग्रेसको १२१, नेकपा एमालेको १५१, माओवादी केन्द्रको ४८ मत छ भने स्वतन्त्र उम्मेदवारको १३४ मत रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु