धनगढी १ मा मुडभरी नेतृत्वको कांग्रेस प्यानल विजयी

छिनोफानो   आइतबार ०१, जेठ २०७९ ०५:२६

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको सम्पुर्ण प्यानल विजयी भएको छ । स्थानीत तह निर्वाचन २०७९ को मत परिणाम अनुसार सन्तोष मुडभरीको नेतृत्वमा रहेको नेपाली कांग्रेसको प्यानल विजयी भएको हो ।

वडाबाट खसेको कुल ४ हजार २ सय ८६ मतमा ११ हजार ८६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष मुडभरीले अध्यक्षमा जित हासिल गरेका हुन् । त्यस्तै सदस्यमा सत्यदेवी जोशीले १ हजार ६२, डम्मर नाथ जोशीले ९ सय ८२, धर्मराज उपाध्यायले ९ सय ९७ र सरस्वती कोलीले १ हजार २७ मत प्राप्त गरी प्यानल विजयी भएको छ ।

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु