पत्रकारमाथि भएको दुर्व्यवहारविरुद्ध महासंघको ध्यानाकर्षण, दोषिलाई कारबाहीको माग

छिनोफानो   सोमबार ०२, जेठ २०७९ ०२:३६

कैलाली । कैलालीमा पत्रकारमाथि भएको दुर्व्यवहारविरुद्ध पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार महासंघका कैलाली जिल्ला उपाध्यक्ष तथा एभिन्युज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिश विक र कैलाली संवाददाता राजन जैगडीलाई ज्यान मार्ने धम्की दिने विरुद्ध महासंघले ध्यानाकर्षण गरेको छ ।

'नदिजन्य पदार्थको अवैध उत्खनन्को विषयमा समाचार संकलनका लागि घोडाघोडी १० मा पर्ने कन्द्रा नदिमा पुगेर धनगढी फर्कने क्रममा घोडाघोडी नगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष हरिराज विष्टसहित २ जनाले पटक पटक फान गरेर अश्लिल शब्द प्रयोग गर्दै दिएको ज्यान मार्ने धम्की विरुद्ध महासंघको गम्भिर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा उल्लेख गरिएको छ, 'समाचार संकलनको विषयलाई लिएर पत्रकारलाई गालीगलौच र धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो । समाचारका विषयमा केही असहमति भएमा कानुनी उपचारको बाटो हुँदाहुँदै ज्यान मार्ने धम्की दिनेजस्तो गैरकानुनी र निन्दनीय कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।'

विज्ञप्तिः

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु