बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा मोवादीका गिरी विजयी

छिनोफानो   मङ्गलबार ०३, जेठ २०७९ ०६:१७

कैलालीको बर्दगोरिया गाउँपालिकामा  नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन । कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् । कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत प्राप्त गरेका छन् ।
 
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गणेश राज गिरी निर्वाचित भएका छन् । गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन । गिरीले चार हजार ५६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत प्राप्त गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु