मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविदत्त उपाध्यायले लिए सपथ

छिनोफानो   सोमबार ०९, जेठ २०७९ ०४:१८

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष देबि दत्त उपाध्यायले जिल्ला अदालत कैलालीबाट आज सपथ ग्रहण गरेका छन। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।

मोहन्याल गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४१९ मतान्तरले विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु