एमालेका नवनिर्वाचित जनप्रतिधिद्धारा पनौतीमा शपथ ग्रहण बहिस्कार

छिनोफानो   सोमबार ०९, जेठ २०७९ ०४:२५

काभ्रेको पनौती नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण बहिष्कार गरेका छन् । औपचारिक छलफल र सहमति नगरेको, उपप्रमुखलगायत जनप्रतिनिधिलाई अन्तिम समयमा मात्रै खबर गरेको, बहालवाला जनप्रतिनिधिभन्दा पूर्व जनप्रतिनिधिलाई आमन्त्रण गरेको लगायतका कारणले शपथ ग्रहणमा सहभागी नभएको एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले विज्ञप्तिमार्फत जनाएका छन् ।

६२ सदस्यीय नगरसभामा एमालेका उपप्रमुख, ७ वडाध्यक्ष सहित ३९ जनप्रतिनिधि निर्वाचित छन् । एमालेले आइतबार बनेपामा पनि शपथ ग्रहण बहिष्कार गरेका थिए । पछि एमालेबाट निर्वाचित जनप्रतिनिधिको लागि छुट्टै कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु