स्विमिङ्ग पुलमा डुबेर कञ्चनपुरमा ३८ वर्षिय पुरुषको मृत्यु

छिनोफानो   मङ्गलबार १०, जेठ २०७९ ०७:३७

कञ्चनपुर । कञ्चनपुरको होटल ओपेराको स्विमिङ्ग पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार स्विमिङ्ग पुलमा नुहाउने क्रममा ३८ वर्षिय भारतिय फैज अहमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहले जानकारी दिएका छन् ।

डिएसपी शाहका अनुसार मंगलवार दिउँसो नुहाउने क्रममा भारतको उत्तरप्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको हो । 'पौडी खेल्न नजान्ने उनी पुलमा डुबेपछि होटलका कर्मचारीले उद्दार गरेका थिए', उनले भने, 'उद्धार गरी महाकाली अस्पताल पुर्याउने क्रममा अहमदको मृत्यु भएको हो ।'

मृतकको घर भारतमा भएको हुनाले आफन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताउँदै शाहले अहिले मृतकको शव महाकाली अस्पतालको शव गृहमा राखेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु