कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

छिनोफानो   आइतबार १५, जेठ २०७९ ०३:४१

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको धनगढीमा पर्ने मोहोना नदीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको हो  ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् ।

दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु