विमान दुर्घटनाः मुक्तिनाथको दर्शन गर्न गएका धनगढीका दुईजनाको मृत्यु पुष्टी

छिनोफानो   सोमबार १६, जेठ २०७९ ०१:१६

कैलाली । तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुईजना रहेको पुष्टी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेका छन् ।

मुक्तिनाथको दर्शन गर्न गएका दुवैजनाको विमान दुर्घटनामा परी मृत्यु भएको पुष्टी भएको हो । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् । अहिले पुरुषोत्तम गोलेको निधनले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ एच गाउँ नै शोकमा डुबेको छ ।

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु