१५ करोडको लगानीमा अत्तरिया अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालन

छिनोफानो   सोमबार १६, जेठ २०७९ ०९:२३

कैलाली । कैलालीको अत्तरियामा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा १५ करोडको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको हो ।

सोमबार हस्पिटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अत्तरिया हस्पिटलका प्रमुख डा. आन्नद पाठकले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका नागरिकलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उदेश्यका साथ २४ घण्टा सेवासहित अत्तरियामा अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको  जानकारी दिए ।

अस्पतालमा ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु । एनआईसियु, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,हर्निया हाइड्रोसिल लगायतको सम्पूर्ण शल्यक्रिया, लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ  ।

हस्पिटलमा १० जना अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा दिई रहेका छन् । हाल हस्पिटलले १५ बेडको स्वीकृती लिएको र  १०० बेड सम्मको भौतिक संरचना बनाइएको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

केही समयपछि थप सेवा बिस्तार गरिने पनि बताए । बिरामी अन्यत्र जानू पर्ने समस्यालाई केन्द्रिय गरेर एउटै हस्पिटलबाट सबै प्रकारका स्वास्थ सेवा दिने गरि हस्पिटलले सेवा बिस्तार गर्ने लक्ष्य रहेको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु