कांग्रेसले कर्णालीका ५ जिल्लाको अधिवेश दसैँअघि नै सक्ने

छिनोफानो   मङ्गलबार १२, असोज २०७८ १२:४६

नेपाली कांग्रेसले कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाको  अधिवेशन दसैँअघि नै सम्पन्न गर्ने भएको छ । हिमाली जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकोले दसैँअघि नै अधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले कर्णालीका पाँचसहित २१ वटा हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसँगै कर्णालीका हिमाली जिल्लाहरूमा पनि अधिवेशनको तयारी थालिएको हो ।जसमा कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट रहेका छन् । केन्द्रीय निर्वाचन समितिले सोमबार जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

हिमाली जिल्लामा दसैँपछि र पहाडी तथा तराईका जिल्लामा दसैँलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशन गर्न केन्ऽीय निर्वाचन समितिले तयारी थालिसकेको छ ।

जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर कणरलीका सुर्खेत र डोल्पामा भने वडा अधिवेशन नै हुन सकेको छैन ।

‘सुर्खेत र डोल्पामा अझै वडा अधिवेशन नै हुन सकेको छैन्, कतिपय पालिकाहरूमा विवाद कायमै छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘हचुवाको भरमा अधिवेशन गर्छु भनेर हुन्छ र रु’ केन्ऽीय निर्वाचन समितिले हचुवारको भरमा केटाकेटी निर्णय गरेको उनले बताए ।

सुर्खेत र डोल्पामा ढिलोगरी क्रियाशील सदस्यता टुंग्याइएकाले अधिवेशनमा ढिलाइ भएको हो । त्यसबाहेक प्रदेशका आठ जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन भै हरेको छ । प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भने हुँन बाँकी नै छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु