धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी

छिनोफानो   बिहिबार १९, जेठ २०७९ ०१:०६

धनगढी । धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहिवार बिहान साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट मिलमा भएको सम्पुर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए । 'स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिईएको छ', उनले भने, 'घटनाबारे थप अनुसन्धान जारी छ ।'

आगालागीबाट भने कुनै मानविय क्षति भएको छैन । यता आगलागी भएर पटक पटक सम्पर्क गर्दापनि धनगढी उपमहानगरपालिकाको दमलक आउन ढिलासुस्ती गरेको स्थानीयको भनाई रहको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु