स्थापना दिवसको अवसरमा मावन अधिकार तथा शान्ति समाजले गर्यो बिरामीलाई फलफुल वितरण

छिनोफानो   बिहिबार १९, जेठ २०७९ ०८:३६

अछाम । मानव अधिकार तथा शान्ति समाजले बिरामीलाई फलफुल वितरण गरेको छ । बिहिवार आफ्नो २७ औँ स्थापना दिवस मनाउँदै समाजले जिल्ला अस्पताल अछाममा रहेका बिरामीका लागी फलफुल वितरण गरेको हो ।

विभिन्न रोगको उपचारार्थ अस्पतालमा पुगेको २१ जना बिरामीलाई फलफुल वितरण गरेको समाजका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक मदन कुँवरले जानकारी दिए । 'हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै बिरामीको स्वास्थ्य सुधार र पोषणयुक्त खानाको आवश्यकतालाई मध्यनजर गरी फलफुल वितरण गरेका हौँ', उनले भने, 'सामाजिक रुपान्तरणसँगै मानविय आवश्यकताको ख्याल गर्नुपनि हाम्रो उद्धेश्य हो ।'

बिरामीलाई फलफुल वितरण कार्यक्रममा समाजका अछाम जिल्ला सभापनि पदम बहादुर शाह, जिल्ला सदस्य जय बहादुर बोगटी, नविन जोशी, जंगी जनार्दन बिष्ट र अस्पतालका चिकित्सकको उपस्थिती रहेको थियो । फलफुल वितरण गर्दै समाजले सम्पुर्ण बिरामीहरुमा शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

वि.सं. २०५३ जेठ १९ गते स्थापना भएको शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउँ आन्दोलन, युद्ध निषेधः शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तिव्रता दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु