कैलाली जिसस चुनावमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको तालमेल हुने

छिनोफानो   शुक्रबार २०, जेठ २०७९ ०२:३३

कैलाली । कैलालीमा जिल्ला समन्वय समितिको चुनावमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमालेबीच तालमेल हुने भएको छ । ३० गते हुने भनिएको जिससको चुनावमा तीन पार्टी एक ठाउँमा उभिने विषयमा लिखित सहमति समेत भएको नेकपा एमालेका कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशीले जानकारी दिएका छन् ।

जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको जोशीले बताए । १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मतभार छ । जितका लागि १४ मतभार आवश्यक पर्छ । बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुग्ने भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु