कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ, घटना भएको २४ घण्टा बित्दापनि स्वास्थ्य परिक्षणसम्म भएन

छिनोफानो   शुक्रबार २०, जेठ २०७९ ०६:१४

धनगढी । कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेको ८ घण्टा बित्दापनि प्रहरीले कुनै ठोस प्रक्रिया नचाल्दा षडयन्त्रको गन्ध महशुस गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ अण्डैयाकि १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आरोपमा शुक्रबार प्रहरीले अन्दाजी २० वर्षिय अंशुल चौधरीलाई पक्राउ गरेको थियो ।

युवकलाई पक्राउ गरी शुक्रवार बिहान करिब १० बजे ईलाका प्रहरी कार्यालय मसुरिया पुगेका उनिहरु अहिलेसम्म पनि ठोस पहल नचालिंदा अन्यौलमा परेका छन् । 'यो केसलाई मिलाउनका लागी ठुलै राजनीतिक दबाव आईरहेको छ', समाचार स्रोतले भन्यो, 'अहिलेसम्म न मुद्धा दर्ता भएको छ न त पिडित बालिकाको स्वास्थ्य परिक्षण नै भएको छ ।' स्रोतका अनुसार बिहानैदेखी प्रहरीले घटनाको मुचुल्का बनाउने लगाएतका विषयमा ढिलासुस्ति गरिरहेको छ ।

गयराती बालिकालाई आरोपित चौधरीले ललाईफकाई गरी बन्द कोठामा राखेका थिए । शुक्रबार बिहान सडकमा अचेत अवस्थामा परिवारले भेटाएपछि सोधपुछ गर्दा बालिकाले आफूमाथि रातभरी जबरजस्ती करणी गरेको बताएकी थिईन । घटना घटेको झण्डै २४ घण्टा बित्न लाग्दापनि पिडित बालिकाको स्वास्थ्य परिक्षण समेत नहुनुले घटनामाथी चलखेल हुन थालेको भन्दै पिडित बालिकाको परिवारले चिन्ता व्यक्त गर्न थालेका छन् ।

'बालिकाको अवस्था गम्भिर छ', स्रोतले भन्यो, 'उनि बोल्न सक्ने अवस्थामा पनि छैनिन् ।' स्रोतका अनुसार अहिले बालिका र पक्राउ परेका युवकलाई ईलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया लैजाने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु