चुरे गाउँपालिकाको पहिलो बैठकका तीन महत्वपुर्ण निर्णय -'बृद्धभत्ता घरमैदेखी निःशुल्क उपचार र शिक्षासम्म'

छिनोफानो   शनिबार २१, जेठ २०७९ ०८:०१

कैलाली । कैलालीको चुरे गाउँपालिकामा स्थानीत तह निर्वाचनपछिको पहिलो बैठक सम्पन्न भएको छ । बुधबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले जनतामुखि तीन महत्वपुर्ण निर्णय गरेको छ ।

वृद्धवृद्धालाई निःशुल्क उपचार तथा चेकजाँच:
कैलालीको चुरे गाउँपालिकाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । पुर्वाधारका क्षेत्रमा अन्य स्थानीय तहभन्दा कमजोर मानिने उक्त गाउँपालिकामा नयाँ जनप्रतिनिधिको आगमनसँगै स्थानीयले सुरक्षा र विकासको अनुभुति गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुबीच सम्पन्न कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र रहेको वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य उपचार तथा चेकजाँच गर्ने निर्णय गरेको छ । गाउँपालिकाले उक्त निर्णय गरेसँगै सामान्य स्वस्थ्य अवस्था थाहा पाउनका लागी अन्यत्र जानुपर्ने र आर्थिक अभावकै कारण रोग पाल्नुपर्ने अवस्थाको अन्त्य हुनेभन्दै स्थानीय हर्षित समेत बनेका छन् ।

वृद्धभत्ता दैलोमैः
गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले गाउँपालिकाभित्र बाँडिने सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने निर्णय गरेको छ । पालिका भित्र रहेको वृद्धवृद्धलाई भत्ता बुझ्नकै लागी बैंकसम्म पुग्न समस्या हुने भएकोले टोलटोलमा कर्मचारी मार्फत घरमै भत्ता पुर्याउने निर्णय गरेको अध्यक्ष बोगटीले बताएका छन् । वृद्धभत्ता घरमै पुर्याउने बोगटीको चुनावी एजेण्डा समेत रहेको थियो ।

सिमान्तकृत बालबालिकालाई निःशुल्क शिक्षा प्रदानः
शिक्षा अहिलेको अपरिहार्य आवश्यकता हो । र त्यहि आवश्यकतालाई मध्यनजर गर्दै चुरे गाउँपालिकाले सिमान्तकृत बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र रहेका गरिब, असहाय, निमुखा, द्धन्द पिडित विद्यार्थिको पहिचान गरी गाउँपालिकाले निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । यो सँगै आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु