पार्टीका नेता -कार्यकर्तामाथी भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

छिनोफानो   शनिबार २१, जेठ २०७९ ०८:०३

कैलाली । कैलालीमा आफ्नो पार्टीका नेतामाथी भएको आक्रमणको भत्सर्ना गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले दोषीमाथी कारबाहीको माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीको टिकापुर नगर समितीले कारबाहीको माग गरेको हो । 

स्थानिय तह निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश समिती सदस्य ताराप्रसाद संज्याल सहित पार्टीका नेता तथा कार्यकर्तामाथी भएको सांघातिक आक्रमणप्रती माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । जेठ १७ गते टीकापुरको भावना होटलमा बसिरहेको अवस्थामा नेपाली काँग्रेस निकट पृथ्वी रावल सहितको अपराधिक समुहले होटलको बत्ती निभाएर नियोजित र षड्यन्त्रपुर्वक तरिकाले संघातिक हमला गरि हत्या नै गर्ने मनसाय सहित कुटपिट, धाकधम्की दिएको प्रती घोर आपत्ति जनाउँदै ध्यानाकर्षण भएको सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी उत्सवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । "कुनै दलको आडमा आपराधिक मानसिकता बोकेका ब्यक्तिहरुलाइ तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ "विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै सोही विषयमा नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले पनि प्रेस बिज्ञाप्ति जारी गरेको छ । नगर कमिटी सचीव खुशिराम चौधरी आमुलले जारी गरेको बिज्ञाप्तिमा संज्याल लगायत पार्टीका अन्य प्रकाससिंह टमट्टा, दन्त शाही, डमर रावल, रतन विश्वकर्मा र प्रेमसिंह विश्वकर्मा लगायत थुप्रै व्यक्तीहरुलाई समेत गालिगलोज तथा अश्लील शब्द प्रयोग गर्दै आएकोमा आपत्ति जनाइएको छ ।    

"मानसिक रुपमा तनाव दिने हिसावले गाली गलोज, कुटपिट र ज्यान मार्ने धम्की दिन लगाउने योजनाकार र गर्न खोज्ने अपराधी मानसिकता भएका व्यक्तिहरुलाई यथाशिघ्र खोजि कार्य गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछौ । गालि गलोज तथा ज्यान मार्ने धम्की लगाउने घटनाप्रति हामो पार्टीको ध्यानाकर्षण भई उक्त घटनाको घोर भत्सर्ना र निन्दा गर्दछौं । तत्काल दोषिलाई कार्वाहीको दायरामा नल्याए हाम्रो पार्टी शसक्त प्रतिरोध गर्न वाध्य हुने व्यहोरा समेत जानकारी गराउन चाहान्छौ । " बिज्ञाप्तिमा उल्लेख  छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु