आज सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरिने

छिनोफानो   आइतबार २२, जेठ २०७९ ०३:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

देश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसअघि प्रदेश सरकारले विनियोजन विधेयक २०७९ अनुसार २७ बुँदे सिद्धान्त र प्राथमिकता पारित गरिएको सचिव बोगटीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु