आज को राशिफल संगै पशुपतिनाथ को दर्शन गर्नुहोस

  बुधबार २३, भदौ २०७८ ०७:०५

वि।सं। २०७८ भाद्र २३ गते बुधवार तदनुसार ई। स:। २०२१ सेप्टेम्बर ०८ तारिख, राक्षस नामक संवत्सर, शाके स:– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने।सं। :– ११४१, [ञलाथ्व], नेपालमा सूर्योदय ; बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६स:१६ बजे, भाद्रपद शुक्लपक्षको द्वितीया तिथि, मध्यरात्रीपछि ०४:०२ बजेसम्म, त्यसपछि तृतीया तिथि, उत्तराफाल्गुनी नक्षत्र, साँझ ०६:०७ बजेसम्म, 
मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन रमाइलो सँग बित्नेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । ईष्टमित्रहरूसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

धनु )ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने छ । साझेदार वा सहयोगीको संगतले फाइदा हुने काम गरिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक कार्य र सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु