लिपको पेटीमा सिल लगाएको खाली बोत्तल

छिनोफानो   सोमबार २३, जेठ २०७९ ०३:०१

धनगढी । धनगढीको एक होटलमा लिप वाटरको पेटीमा खाली बोत्तल भेटिएको छ । खुद्रामा प्रति पेटी १७० रुपैँया पर्ने उक्त पानीको पेटीमा एउटा सिलप्याक तर खाली बोत्तल भेटिएको हो ।

'कम्पनिबाट खरिद गर्दा प्रति बोत्तल १४ रुपैँयाका दरले पानी खरिद गर्नुपर्छ', होटल सञ्चालकले भने, 'नियमित पानी राख्छौँ तर डिस्काउन्ट मिल्दैन ।' पानीको पेटीमा खाली बोत्तर परेको उनका लागी यो पहिलो घटना हो ।

यस्तो देखेपछि हामीले सामान्य जानकारीका लागी कम्पनिमा सम्पर्क गर्यौं । उक्त विषयमा बोल्दै कम्पनिका म्यानेजर टेकेन्द्र सिंह कुन्जेडाले बोत्तलमा छिद्र वा लिकेज भएका कारण यस्तो हुनसक्ने बताए । 'बोत्तलको पानी तीन चरणमा गरि फाईलन गरिन्छ', उनले भने, 'हातले पानी भरिने भए छुट्यो भन्न सकिन्थ्यो तर यो मेसिनले भर्नेहुँदा छुट्ने सम्भावना हुँदैन ।' 'बोत्तलमा आँखाले देख्न नसकिने छिद्र भएका कारण भर्नेबेलमा थाहा नहुने तर पछि बिस्तारै घटेपछि बोत्तल खाली देखिने हो', कुन्जेडाले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु