अत्याधिक गर्मी बढेपछि बर्दगोरियामा ३ दिनका लागी विद्यालय बन्द गरिने

छिनोफानो   शुक्रबार २७, जेठ २०७९ ०४:५३

कैलाली । कैलालीमा गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । शुक्रबार बर्दगोरिया गाउँपालिकाले एक सूचना जारी गर्दै ३ दिनका लागि गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा जेठ महिनाको २९ गते देखि ३१ गते सम्मका लागि ३ दिन विदा दिने निर्णय गरेको छ । भने असार महिनाको १ गते देखी पूर्ण रूपमा बिद्यालय सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।

वर्ष भरि ४५ दिन बिदा हुन्छ त्यही बिदामा मिलान हुने गरि ३ दिन गर्मी बिदा दिएको शिक्षा शाखा अधिकृत नन्दा कुमारी भट्टले बताएकी वैज्ञानिक मिडियालाई जानकारी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु