कञ्चनपुरको शुक्लाफाँटामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

छिनोफानो   सोमबार ३०, जेठ २०७९ १०:२८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ ।

सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा उक्त केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर द्रोण कटुवालले बताउनुभयो । उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाख २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो ।

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताउनुभयो । यसैबीच, भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि विज्ञसहितको कार्यदल बनाउने भएको छ ।

नगरपालिकाको दोस्रो कार्यपालिका बैठकबाट कार्यदल बनाउने निर्णय गरिएको हो ।नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु