पूर्ण खोप पालिका घोषणा भयो बैतडीको सुर्नया गाउँपालिका

छिनोफानो   सोमबार ३०, जेठ २०७९ १०:५२

बैतडी । बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार राष्ट्रिय खोप तालिका अनुसार २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाभरी जन्मेदेखि १५ महिना सम्मका ५०२ र १६ देखि २३ महिना सम्मका ३३३ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइसकेको महराले बताए। उनले बैतडी २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसको निरन्तरताका लागि प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको बताए । जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु