मेडिकल विश्वविद्यालय स्थापनार्थ प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पेश

छिनोफानो   शुक्रबार ०३, असार २०७९ ०९:०७

कैलाली । गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार समितिका संयोजक लोकराज पाण्डेय (आगो) सहितको टोलीले प्रधानमन्त्री देउदालाई ज्ञापनपत्र बुझाएको हो ।

समितले तीन सय शैयाको अस्पताल तत्काल संचालन गर्न तथा मेडिकल विश्वविद्यालय स्थापनार्थ तत्काल संसदमा विद्येयक ल्याई लागु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय सैयाको अस्पताल संचालनको प्रक्रिया छिटै अगाडी बढाउने बताएका छन् ।

देउवाले गेटा मेडिकललाई विश्वविद्यालय वा प्रतिष्ठान कुन मोडालिटीमा लैजाने भन्ने विषयमा पनी छिटै टुंगो लगाउने बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु