पर्यटनमन्त्री प्रेमआलेले दिए मन्त्री पदबाट राजीनामा

छिनोफानो   आइतबार १२, असार २०७९ ०४:०९

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको हो ।आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएको थियो । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बताएको छ ।
मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको छ । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु