धनगढीमा सञ्चालनमा आयो वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर...

छिनोफानो   बुधबार १५, असार २०७९ १२:५७

धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले धनगढी ४ उत्तरबेहडीमा रहेको उक्त स्टोरको उद्धघाटन गरेकी हुन् ।

मार्टको उद्धघाटन गर्दै उपप्रमुख रानाले कोल्ड स्टोर सहितको मिट मार्ट धनगढीको आवश्यकता रहेको बताएकी छिन् । जसले मासुजन्य पदार्थको अभावका कारण सृजना हुने अत्याधिक मुल्य वृद्धीको समस्यालाई समाधान गर्ने रानाको भनाई छ । 'उपमहानगरपालिका धनगढीको व्यवसायिक समृद्धिको पक्षमा छ', उनले भनिन्, 'सकरात्मक परिवर्तनको साथमा हामी सँधै छौँ ।'

यता वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरका सञ्चालक पारस बाहुनले अफ सिजनमा धनगढीमा देखिने मासुजन्य पदार्थको अभावलाई स्टोरले सम्बोधन गर्ने बताएका छन् । 'अहिले धनगढीमा बजारभरी अव्यवस्थित मासु पसलले फोहोरमैलाको समस्यालाई बढावा दिएका छन्', उनले भने, 'स्वस्थकर जिवन र अभावका बेलामा हुने मुल्य वृद्धीलाई निरुत्साहित गर्न स्टोर सञ्चालनमा ल्याएको हुँ ।' बाहुनले सञ्चालनमा ल्याएको वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरको कुल लागत ६४ लाख रहेको छ । जसमध्ये धनगढी उपमहानगरपालिकाको २८ लाख ५० हजार अनुदान रहको बाहुनले बताए ।

अहिले उक्त स्टोरको क्षमता ९ हजार किलोको रहेको छ । तर आगामी वर्षमा उक्त क्षमतालाई बढाई कम्तिमा २० हजार किलो मासु स्टोर गर्न सकिने गरी संरचना निर्माण गर्ने सञ्चालक बाहुनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु