लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले दृष्टि फाउन्डेसनमा मनायो धान दिवश

छिनोफानो   बुधबार १५, असार २०७९ ०७:२५

धनगढी । लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले असार १५ (धान दिवश) को अवसरमा हंगर रिलिफ कार्यक्रमको आयोजना गरेको छ । धान दिवश मनाउदै क्लबले असहाय, मनोरोगी मानवको स्याहार केन्द्र दृष्टि फाउन्डेसनमा खाना वितरण गरेको हो । 

बुधबार परेको धान दिवश देशैभरीका विभिन्न क्षेत्रमा उत्साहका साथमा मनाईरहेका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय मानवसङ्ग दिवश मनाएको लायन्स क्लब अफ धनगढी इन्नोभेटिभका वरिष्ठ उपाध्यक्ष अर्जुन रावलले बताएका छन । कार्यक्रममा फाउन्डेसनका ५२ जना सदस्यहरुलाई दहि, चिउरा, आँप र जेरि वितरण गरिएको रावलले बताए । 'विगतदेखीनै हाम्रो संस्था विभिन्न सामाजिक कार्यमा संलग्न भएको छ', संस्थाका अध्यक्ष राकेश गुप्ताले भने, 'सबै हुनेका लागि सबै छन तर कोहि नहुनेका लागि हामी छौँ ।' कोरोना महामारीको समयमा पनि हंगर रिलिफ कार्यक्रम संचालन गरेको दिन सम्झिदै गुप्ताले आगामी दिनमा पनि सामाजिक कार्यमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु