कैलालीमा वडा अध्यक्षको आदेशमा जंगलको पानी बस्तीमा फर्काएको भन्दै स्थानीय आक्रोशित

राजन जैगडी   बुधबार १५, असार २०७९ ०८:२४

कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ४ गैडाखेडा उत्तरपुरको सिरानी भएर बग्ने टेक्ना नदिको कटानका कारण उत्तरपुर टोल जोखिममा परेको छ ।  मंगलबार राती आएको बाढी गाउँ पसेपछि टोल नै बिस्तापित हुने अबस्थामा पुगेको छ । राती आएको पानीका कारण के कति क्षेती भयो भन्ने बिषयमा स्थलगत निरीक्षणमा आएका वडा अध्यक्ष भरत बहादुर शाहीले दिउँसो डोजर पठएर समस्या समाधान गर्ने टोल बासिलाइ आश्वासन दिएका थिए ।

अध्यक्ष शाही गएको केही समयपछि आएको डोजोरले स्थानियलाई जानकारी नगराइ जंगलको बग्ने पानी थुनेर टेक्ना टोल तिर फर्काइ दिएपछि स्थानिय बिरोधमा उत्रिएका हुन । गाउँ पस्ने पानी थुन्नको लागि नदि भनेको डोजरले उल्टै जंगलको बग्ने पानी थुनेर टेक्ना टोलतिर फर्काउन खोजेको भन्दै स्थानीयले बिरोध गरेर डोजर फर्काएका थिए । वडा अध्यक्षको आफ्नै डोजर (जेसिबी) उनै आदेशमा आएर पानी हाम्रो टोलतिर फर्काएको भन्दै टेक्ना टोल बासिले बिरोध गरेका हुन । बर्षाैदेखि कटानको समस्या झेल्दै आएका स्थानीयले यस पटक नदि गाउँ पसेपछि झन जोखिममा परेका छन ।

अध्यक्ष शाहीलाई तटबन्ध गरि दिन पटक पटक माग गरे पनि डोजर लगाएर समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर, नदि गाउँ पसेर बस्ती नै बगाउने अबस्था सिर्जना भइ सक्दा पनि अध्यक्षले आलटाल गर्न खोजेको स्थानीयले गुनासो गरेका छ्न । अध्यक्ष शाहीलाई फोन गरेर बुझ्न खोज्दा आफू ब्यस्त भएको र केही काम बिग्रेएको भए सझा आएर हेर्ने र पटक पटक फोन गरेर नसताउन भनी प्रतिक्रिया दिएको स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु