असहमतिकैबीच पारित भयो धनगढी उपमहानगरको बजेट

छिनोफानो   सोमबार २०, असार २०७९ ०९:२३

धनगढी । सोमबार असहमतिकैबीच धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ । उपमहानगरपालिकाकी उपप्रमुखसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको असहमतिकैबीच बजेट पारित गरिएको हो । 

आज बसेको नगरपालिकाको आठौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुखसहित एमालेका जनप्रतिनिधीहरुको असहमति रहँदा रहँदैपनि नगरप्रमुख गोपाल हमालले बहुमतले बजेट पास भएको घोषणा गरे । नगरसभाको सुरुवातदेखी नै बजेट तर्जुमा गर्दा आफ्नो सल्लाहबिनै एकलौटी रुपमा बजेट तर्जुमा गरेको भन्दै रानाले आपत्ति व्यक्त गरेकी थिईन् । 

दिउँसो नगरसभाको बैठक चलिरहँदा उपप्रमुखसहित एमालेका जनप्रतिनिधीहरुले विरोध जनाएर सभा बहिस्कार गरेपछि तनाव सृजना भएको थियो । त्यसका बाबजुत पनि एकलौटी रुपमा पदिय मर्यादा बिर्सिदै नगरप्रमुखले बजेट पारित गरेको उपप्रमुख रानाले आरोप लगाएकी छिन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु