पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारीमा

  बुधबार २३, भदौ २०७८ १२:३७

नेकपा (माओवादी केन्द्र)का नेता पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारीमा जुटेका छन् ।  एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रहेका शाह नेकपामा विवादपछि उनी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै  ओली सरकारमा मन्त्रीसमेत बनेका थिए ।


नेकपा विघटन पछि ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्वमन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुटेको समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु