पछिल्लो २४ घण्टामा थप २६० जनामा कोराना संक्रमण पुष्टि

छिनोफानो   बिहिबार ३०, असार २०७९ ०५:२०

 नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जना कोभिड-१९ (कोराना भाइरस) संक्रमण पुष्टि भएको छ ।
तीन हजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार १७१ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १६४ जना कोभिड(१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३७, भक्तपुरमा चार र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८३१ पुगेको छ । आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु