अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुदैन : ‘प्रचण्ड’

छिनोफानो   बिहिबार ३०, असार २०७९ ०५:३१

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् ।ललितपुरमा आज (बिहीबार) आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको जमानामा स्वतन्त्र कोही पनि नहुने दावी गरेका हुन् । उनले भने, ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि छैनन्, त्यसमा पनि नेपालमा । ’ अध्यक्ष प्रचण्डले थपे, ‘‘अगाडि बढ्ने कि पछाडि फर्कने हो । योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।’

उनले श्रमजीविहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिएका । ‘हाम्रो समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’ विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु