प्रधानमन्त्री  देउवा  पुत्र  जयवीरको राजनितीमा इन्ट्री;

  बुधबार २३, भदौ २०७८ ०१:०९

प्रधानमन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले  राजनिती मा प्रवेश गरेका छन् ।

२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।डडेलधुरा जिल्ला को क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भए संगै देउवाको नाम क्रियाशील सदस्यहरुको सूचीमा परेको हो ।

काँग्रेसबाट निर्वाचित गन्यापधुरा गाउँपालिका–१ का वडा वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको र त्यसमा  देउवापुत्र  जयवीरसिंह देउवाको नाम पनि परेको जानकारी दिएका छन ।

सदस्यता लिएसंगै उनको सदस्यता लिनु चासोको बिषय बनेको  छ । बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरलाई  वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत रहेको वडा कमिटिले जनाएको  छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु