मन्जुश्री फाइनान्स लिमिटेडमा तिज विशेष कार्यक्रम

राजन जैगडी   शनिबार ११, भदौ २०७९ १०:५३

धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडले तिज विशेष कार्यक्रम मनाएको छ । हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शुक्रबार फाइनान्सको धनगढी शाखाले तिज विशेष तथा मेहेन्दी कार्यक्रम मनाउँदै खुसी साटासाट गरेको हो ।

कार्यक्रममा फाइनान्सका महिला कर्मचारी तथा ग्राहकहरुलाई तिजको शुभकामना दिँदै हिन्दु परम्परा अनुसार ‘दर’ खुवाएको धनगढी शाखाका शाखा प्रबन्धक हेमराज बिनाडीले बताएका छन् । ‘तिज हिन्दु नेपाली नारीको महान् पर्व हो । हरेक वर्ष मनाइने यो पर्व महिला दिदिबहिनीका लागि विशेष हुन्छ । त्यसैले पनि हामीले सोही परम्परालाई आत्मसाथ गर्दै तिजको अवसरमा ‘दर’ खुवाउने कार्यक्रमको आयोजना गरेका हौँ‘, उनले भने, ‘कार्यक्रमको मुख्य उद्धेश्य भनेकै संस्था र ग्राहकहरुबीच व्यवसायीक सम्बन्ध मात्र नभएर अपनत्वको भावना हुन्छ भन्ने महशुस गराउनु हो ।’   यसो त मन्जुश्री फाइनान्स लिमिटेडले आयोजना गरेको कार्यक्रममा उपस्थित महिला ग्राहक तथा कर्मचारीहरुले एकआपसमा खुसी मात्रै साटेनन्, बरु संस्थाप्रति घनिष्टताको महशुस समेत गरेका छन् । ‘प्राय किन्ने र बेच्नेबीचको सम्बन्ध व्यवसायीक मात्र हुन्छ । व्यवसायीकतालाई उद्धेश्य बनाएर बजारमा आउनेहरु थुप्रै संस्थाहरुसँग फगत बाड्नका लागि आफ्ना प्रोडक्ट र व्यापार मात्र हुन्छ ।’ कार्यक्रममा सहभागी एक ग्राहकले भनिन् –‘तर मन्जुश्री फाइनान्स लिमिटेडले ग्राहकलाई एउटा परिवारको रुपमा लिएको छ । मैले यस संस्थामा कारोबार गरेको ४ वर्ष भयो, सँधै सकरात्मक उर्जा पाएको छु । खुसी साट्ने अवसर दिएकोमा संस्थालाई धन्यवाद ।’                                                                     फाइनान्सले हाल मुद्धती निक्षेपमा १२.१५% र बचत खाता मा ९.१५% सम्म आकर्ष ब्याज तथा छिटो, छरितो र सरल कर्जा सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु