डोटीको कानाचौर स्वास्थचौकीमा एम्बुलेन्स सेवा बिधिवत रुपमा उद्धघाटन

छिनोफानो   मङ्गलबार १४, भदौ २०७९ ०१:४०

दिपक विश्कर्मा,डोटी

डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ३ कानाचौर स्वास्थ चौकीको एम्बुलेन्स सेवा  एक  कार्यक्रमका बिच उद्घाटन गरिएको छ। एम्बुलेन्स सेवाको उद्घाटन गाउँपालिकाका अध्यक्ष  कमल गडसिलाले गरेका हुन् ।
 कानाचौर स्वास्थ्य चौकी एक विकट स्थानमा रहेको स्वास्थ चौकी हो । पहिला यो क्षेत्र सडक क्षेत्र बाट पनि धेरै टाढा थियो।    सानो दुर्घटना भय पनि गाउँमा सुविधाजनक स्वास्थ्य चौकि न हुदा दिपायल जानू पर्ने बाध्यता थियोे ।  भिर बाट लढेर घाईते भय पनि समयमै उपचार नपायर वा लैजाने साधन नपाय अल्पआयुमै ज्यान गुमाउनु पर्ने थियोे ।

एउटा गर्भवती महिलाले बच्चा जन्माउन नसक्दा र नजिकै स्थास्थ चौकि  लैजाने  एम्बुलेन्स नहुदा धेरै महिलाहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको स्थानीय को भनाई छ  । स्थानीय बताृछन् , गाउँघरमा ,विरामि हुदा पिठ्युँ मा बोकेर , बाँस तथा डोका मा बोकेर सदरमुकाम सम्म लैजादा लैजादै गर्दा विच बाटोमा धेरैले ज्यान गुमाउनु पर्‍यो अब स्वास्थ चौकीमा  एम्बुलेन्स सेवा पाउदा हर्षित भएका छौं । बोगटान फुडसिल गाउँपालिका कानाचौरका बिरामीलाई  सदरमुकाम जान करिब दुई तीन दिन पैदल यात्रा गर्नु पर्ने बाध्यता हट्ने भएको हो । नेपाली काङ्ग्रेस का नेता तथा महाधिवेशन प्रतिनीधी पदम राज जैशी तथा कानाचौर स्वास्थ्य चौकी का ईन्चार्ज गोरख नाथ बुढा ज्युको विशेष  पहलमा  यो एम्बुलेन्स उपलब्ध गराईयको हो।

उक्त उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष  कमल गड्सिला प्रमुख अथिती रहनु भएको थियो ।यसका साथै नेपाली काङ्ग्रेस का नेता तथा महाधिवेशन प्रतिनीधी  पदम राज जोशी ,गाउँपालीका  उपाध्यक्ष विस्ना देवि बम , कानाचौर  स्वास चौकी प्रमुख गोरख बुढा  विशिष्ट अथिती रहेका थिय। यसका साथै वडा अध्यक्ष ,वडा सदस्य तथा विभिन्न पार्टी प्रतिनिधिहरू  पनि उपस्थित रहेका थिय।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु