२०७८ असोज १५ गते शुक्रबारको तपाईको राशिफल

छिनोफानो   शुक्रबार १५, असोज २०७८ ०७:२७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्ने छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा पनि होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखिपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लाभदायक यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको काम पुरा हुन पनि सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु