आमरण अनसन बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछी प्रादेशिक अस्पतालको आइ.सि .यु मा उपचार हुँदै

छिनोफानो   बुधबार २९, भदौ २०७९ ०८:२७

धनगढीमा आमरण अनसन बसेको डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएकाले थप उपचार का लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । आमरण अनसनको आज तेश्रो दिनमा डाकेसीको स्वास्थ्यमा समस्या देखिएका ले उनलाई सेती प्रादेशिक अस्पताल को आइ सि यु मा उपचार भैरहेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार सहित ७ बुँदे माग राखेर डा।गोविन्द केसीले धनगढीमा सोमवार बाट  २०औँ आमरण अनसन सुरु  गरेको हुन  । 


स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको टोलीले  अस्पताल भर्ना हुन  डा।केसीलाई आग्रह गरे पनि उनले अस्विकार गरेका थिए । अवस्था जटिल हुँदै गएपछि प्रहरी ले उनलाइ अस्पताल लगेको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु