प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट र सदस्य रावल नियुक्त

छिनोफानो   बिहिबार ३०, भदौ २०७९ ०४:४२

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा  मोहनदेव विष्टलाई  नियुक्त गर्ने निर्णय गरेको हो।

नव नियुक्त उपाध्यक्ष विष्ट सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काम गर्दै आउनु भएको थियो । 

यस्तै बैठकले टीकापुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा  जालवा देवी सेवा समितीका संस्थापक अध्यक्ष डा.जगत बहादुर सिँह रावल लाइ आयोगको सदस्यमा नियुक्त गरेको छ ।


नवनियुक्त उपाध्यक्ष विष्ट  र सदस्य रावललाई   सुदूरपश्चिम प्रदेश सरकार का मुृख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियता को सपथ गहण्र गराउनुका साथै बधाई तथा शुभकामना दिनु भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु